Saturday 21st March 2026

गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट उडान-अवतरण सुरु


निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।

यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘नयाँ प्रणालीले अब पुरानो धावनमार्गलाई चिन्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘सोही अनुसार आजबाट स्वभाविक रुपमा नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।’

अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ । धावनमार्ग सञ्चालनमा ल्याएसँगै विमानस्थलको सबे प्रणाली सक्रिय बनेको छ । यद्दपी यो विमानस्थलको उद्घाटन भने आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा गर्ने तयारी छ ।यो दिन जजिरा एयरवेजले कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्नेछ । गौतमबुद्ध विमानस्थल नेपालको सबैभन्दा छिटो सम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको छ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...