Sunday 18th January 2026

गभर्नर अधिकारीलाइ निलम्बन गर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ निलम्बन गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारलाइ अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई पदमा बसेर जिम्मेवारी पूरा गर्न बाटो खुलेको छ ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वाेच्चको नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम निवेदकलाई पदीय जिम्मेवारी बहन गर्न दिन भन्दै विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशसँगै सर्वोच्चले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई डाकेको छ । चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए ।

निलम्बनपछि न्याय माग्दै गभर्नर अधिकारी सर्वोच्चको ढोका ढकढक्याउन पुगेका थिए । गभर्नर अधिकारीले गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रही ढंगले जाँचबुझ समिति गठन गरेर आफूलाई निलम्बन गरेको निवेदन दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...