Sunday 22nd March 2026

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ।ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुदाँ एक बालकसहित पाँच जनाको मृत्यु भएको स्याङजाका एसपी राजीव बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत भईसकेको छैन्।

जीपमा ११ जना सवाररत रहेको स्याङजा प्रहरी कार्यालयले जनाएको छ। ६ जना घाईतेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज उपचारको लागि ल्याइएको छ। जीप सडकबाट करिब दुइ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण थाहा नभएको प्रहरीले बताएको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...