Tuesday 11th November 2025

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उनको ठाउँमा सत्ता साँझेदार माओवादी अध्यक्ष प्रचण्डलाई भाईलाई नियुक्त गरिएको हो। नेकपा हुँदा माओवादी कोटाबाट विडारी राष्ट्रियसभा सदस्य मनोनीत भएकाले उनको पदावधि सकिएकाले यो सिटमा माओवादीकै भागमा परेको हो।- अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...