तीतोपाटी – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो । एनआरएन एनसीसी कुवेको हिजो बसेको बैठकले सर्वसम्मतिले नबराज पराजुलीलाइ उपाध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि एनआरएनएमा आवद्ध रहेर विभिन्न पदिय जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै आएका पराजुली एनसीसीको २०१९-२०२१ कार्यकाल र २०२१-२०२३ कार्यकालका लागि युवा संयोजक पदमा निर्वाचित भइ हाल खेलकुद विभाग प्रमुखको रूपमा कृयाशिल रहेका छन् । प्रवासी श्रमिकको हक हितको लागि खटेर लाग्ने पराजुलीलाइ कुवेतका नेपाली समाजमा नचिन्ने कमै व्यक्ति होलान् ।
एनसीसीको हिजोकै बैठकले एनसीसी कुवेतको कार्य समिमिका सदस्य आइसीसीको मध्यपूर्व युव उप-संयोजकमा निर्वाचित भएकोमा विजय धामीलाइ हार्दिक बधाइ दिंदै बैठकमा स्वागत गरेको थियो भने एनसीसीको बैठकमा कोरोनाकालमा एनसीसी कुवेतको सिंगो कार्य समितिले पुर्याएको योगदानको कदर गर्दै आइसीसीले प्रदान गरेको प्रसंशा-पत्र समेत वितरण गरिएको थियो ।