Sunday 22nd March 2026

युक्रेनी सेनाद्वारा रूसको इन्धन भण्डारण केन्द्रमा आक्रमण


युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । शुक्रबार रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको थियो । रूस-युक्रेन युद्ध शुरू भए यता य्रक्रेनी सेनाले रूसी भूमिमा आक्रमण गरेको यो पहिलो घटना हो । रूस र युक्रेनी अधिकारीहरूबिच युद्दविराम गर्ने विषयमा वार्ताहरू चलिरहेका बेला यो घटना बाहिरिएको हो ।

यस्ता आक्रमणले जारी शान्ति वार्तालाई प्रभावित बनाउने रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणले वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताएका छन् । यसअघि बेलगोर्द क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताएका थिए । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।

केही दिनयता रुस र युक्रेनबीचको द्वन्द्व केही कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण सुरु गरेको केही दिनमै कब्जा गरेको चेर्नोबिल परमाणु केन्द्रबाट पनि रुसी सेना पछि हटेको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुस र युक्रेनबीच केही दिनअघि टर्कीको इस्तानुबलमा भएको वार्ता सकारात्मक भएको बताइएको थियो । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको मध्यस्थतामा भएको वार्तामा केही स्थानबाट रुसी सेना पछि हट्ने र आगामी वार्तामा युद्धविराममा सहमति हुन सक्ने बताइएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...