Monday 19th January 2026

चुनाव अघि भारत किन जानुभयो भनेर प्रधानमन्त्री ज्यूलाई सोध्छु- केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई रहस्यमयी भएको बताएका छन्। अनेरास्ववीयुको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री फर्किएपछि भारत भ्रमण जानुको कारण सोध्ने बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यू विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि, किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला । यतिबेलासम्म जानुभएन, चुनाव अगाडि नै किन जानुभयो ।’

अध्यक्ष ओलीले गठबन्धन चल्न नदिनका लागि चारवटा चक्का फुकाल्नुपर्छ र ? भन्दै प्रश्न गरे। उनले भने,’ इन्जिन बन्द गर्नुपर्छ र । केहि गर्नै पर्दैन, छ्यास्स हावा खोलिदिएपछि हुन्छ, गठबन्धन सिधियो ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई पछि पलाएका एेजेरु भएको टिप्पणी गरे। ‘प्रचण्ड, माधव भनेका पछि पलाएका ऐजेरु हुन् । कांग्रेसको गठेहरुको शासनमा अर्थतन्त्र ध्वस्थ हुन लाग्यो । यस्तै, गरेर जिन्दगी विताउने हो । ’ओलीले नेपाली कांग्रेस जहिले पनि ‘थोत्रा र पत्रु तत्वहरू’ सँग मात्रै एकता गर्ने गरेको आरोप लगाए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...