Friday 26th April 2024

नेपाली दुतावास कुवेतको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)


तितोपाटी-नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   नेपाली राजदूतावास कुवेतको आयोजनामा शुक्रबार जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा  रक्तदान कार्यक्रम (Blood Donation Drive) को आयोजना गरेको थियो । दुतावासको आयोजनमा सम्पन्न  उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

May be an image of text that says ""रक्तदान जीवन दान" On the occasion of the 50th anniversary of Diplomatic Relations between Nepal and the State of Kuwait BLOOD DONATION DRIVE The Embassy of Nepal in Kuwait Organized by: ﹒2 Central Venue: Kuwait Event Su by: Nepali Community in Kuwait"

कुवेतको लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको समुद्घाटन गरेका थिए  । अतिथिहरूको स्वागत पश्चात आयोजित उद्घाटन कार्यक्रमलाई  संवोधन गर्दै महामहिम राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देश बिचको  आपसी सम्बन्ध, मित्रता र सहयोगका क्षेत्रमा भएको विकास, सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई  थप अभिवृद्धि गर्न दुवै पक्षबाट हुँदै आएका कामकारबाहिहरूबारे उल्लेख गर्दै यहाँ रहेका नेपालीहरूले जनस्तरसम्म आपसी सम्बन्ध विस्तार गर्न पुर्याएको सहयोगको सराहना गर्नुको साथै दुई देश बिचको सम्बन्ध ५० पुगेको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो ।

May be an image of 4 people, people standing and text that says "'रक्तदान जीवन दान" On the occasion Diplomatic Relations between Nepal and the State of Kuwait the 50th anniversary of BLOOD DONATION DRIVE Organize 1bassy Kuwait 101 uwait"
राजदुत भण्डारीले   आफ्नो सम्बोधनका क्रममा दुई  देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष प्रवेशका अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्फूर्त रूपमा सहभागी भई  मानवीय सेवाको  पवित्र कार्यमा सहयोग पुर्याएकोमा कुवेतमा रहेका नेपाली समूदायलाई  विशेष धन्यवाद दिदै   रक्तदानका लागि ब्यबस्था मिलाईदिएकोमा  कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, सेन्ट्रल ब्लड बैंकका निर्देशक, डाक्टर तथा नर्सहरू लगायत सम्बद्ध सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरू प्रति आभार प्रकट गर्नुभयो।May be an image of 3 people, people sitting, hospital and indoor
सन् २०२२ मा नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष को सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

May be an image of 2 people, people sitting and indoorMay be an image of 2 people, people sitting, indoor and hospitalMay be an image of 2 people, people sitting, hospital and indoorMay be an image of 3 people, people sitting, hospital and indoorMay be an image of 7 people, people standing, people sitting, hospital and indoorMay be an image of 4 people, people sitting, people standing and indoor

May be an image of 3 people, people sitting, people standing and indoorMay be an image of 3 people, people sitting and hospitalMay be an image of 8 people, people standing and indoorMay be an image of 9 people, people sitting, people standing and indoor

तस्बिर:- सुरेश गुरुङ्गबाट 

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...