Monday 22nd December 2025

रूसद्वारा फेसबुक, ट्विटर र यूट्यूबमाथि प्रतिबन्ध


रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धको बारेमा “मिथ्या समाचार” फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् ।

कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ। त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई “युद्ध” भनेर उल्लेख गर्न अनुमति दिइएको छैन।

यसैबिच बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेका छन्। रूसले युक्रेनमाथि फेब्रुअरी २४ देखि अाक्रमण शुरू गरेपछि अन्तर्राष्टुिय रूपमा रूसमाथि विभिन्न देशले विभिन्न किसिमा प्रतिबन्धहरू लगाएका छन्


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...