Monday 23rd March 2026

राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौँ – विप्लव


नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसिसी संसदबाट पारित गरेको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले काठमाडौंमा विरोध प्रदर्शनमा उनले त्यसका लागि एकताबद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे ।

एमसिसी पारित गरेसँगै संसद्को औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अब देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए । उनले प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए । एमसिसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरूलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाइ थियो ।

महासचिव चन्दले भने, ‘कम्युनिस्ट भनिने नेताहरू, एमालेका नेताहरू, माओवादीका नेताहरूले देशलाई संसदबाट बेचिरहेका छन्। आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्नलायक छ । गरिब देशहरूमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन् । हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ । जनताले खारेजको माग गरेका छन् । तर नेपालका संसदहरूले देश बेचेर खान्छन् । त्यो सार्वभौम संसद् हो । यो संसद्को औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे । एमसिसी लागू हुनेछैन । त्यो लागू हुन दिँदैनौँ । एमसिसी गुमनाम लागू हुन्छ भन्नु मूर्खता हो । यसलाई लागू गर्न नदिएर खारेज गरिदिनुपर्छ । नेपालको जीवनमा भयानक दुर्घटना लिएर आउँछ, एमसिसीले । संसद्ले देशको रक्षा गर्न सकेन । जनताले गर्नुपर्छ । हाम्रो यही आग्रह छ । १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । देशभक्त शक्तिहरू एक होऔँ ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...