Tuesday 24th March 2026

बलात्कार आरोप लागेका सांसद मोहन बानियाँ पक्राउ


जबरजस्ती करणी अभियोगमा सांसद मोहन बानियाँ पक्राउ परेका छन्।  नेकपा एमालेका नेता तथा मुगुका सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले  जानकारी दिए। ४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

‘उहाँहरूका बीचमा लेनदेनको कुरा रहेको देखिन्छ,’ प्रवक्ता न्यौपानेले महिलाको जाहेरीबारे भने, ‘२५ लाख रकम दिन्छु भनेर होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानी पख जबरजस्ती गरेको भन्ने छ।’ पीडित भनिने महिलाले दिएको जाहेरीका आधारमा हामीले पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएका छौ,’ न्यौपानेले भने, अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।’

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...