Saturday 27th December 2025

एमसीसी पारित हुनाले देश दुर्घटनाबाट बच्यो- प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्। निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष प्रचण्डले बताएका हुन् ।

१२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको प्रचण्डले  उल्लेख गरे। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उनले बताए। अध्यक्ष प्रचण्डले  एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए।

 

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...