Monday 7th September 2026

नायक पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीद्वारा उजुरी दर्ता


नेपाली चलचित्रका चर्चित  नायक  पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत  उजुरी दिएकी हुन्।

पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका अनुसार पलविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। पलमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।

समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन्। गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन्। जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ सार्वजनिक भएको थियो। समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी थिईन् तर, पलले उनलाई कसैले उक्साएको बताएका थिए। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका थिए।

 


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...