Monday 30th March 2026

बुलन्द आवाज प्रमोमा स्वाभिमानको आवाज, कार्यक्रम न्युज24मा हरेक शनिवार साँझ ६ः३० बजे आउदै


काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् ।

न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ ।

सामाजिक कार्यमार्फत आफ्नो पहिचान बनाउदै आएका सञ्चारकर्मी नेपालको पहलमा केही समय पहिले मात्र तारकेश्वर नगरपालिका कुञ्चिप्वाकलमा रु. ६८ लाखमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको थियो । उनको पहलमा बनेको वाल-कम्पाउन्ड सहितको नब–निर्मित स्वास्थ्य भबन तथा स्वास्थ्य सामाग्रीहरू माननीय स्वास्थ्य मन्त्री बिरोध खतिवडा मार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । पारदर्शिताका लागि उनले स्वास्थ्य भबन निर्माणमा सहयोग गर्नेहरुको नाम शिलालेखमा आय–ब्यय सहित राखेका छन् ।

यस पहिले पनि नेपालकै पहलमा वृद्ध अशक्त माइला श्रेष्ठको लागी घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । यति मात्र होइन, बिभिन्न समयमा आइ पर्ने प्राकृतिक प्रकोपहरू लगाएत उपचार खर्च नपाएर छट्पटाएका बिरामीहरूका लागी अभियाननै सञ्चालन गरि उनले सहयोग जुटाउदै आएका छन् ।

https://youtu.be/py5-hwaqhgY


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...