Saturday 11th May 2024

कुवेतको श्रम बजारमा १९ लाख भन्दा बढी श्रमिक, नेपाल आठौं नम्बरमा


मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा  आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ ।

कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर २०२१ सम्मको तथ्यांक अनुसार कुवेतमा पहिलो नं. मा इजिफ्सियन श्रमिकहरू रहेका छन् भने दोश्रोमा भारतीय र तेश्रोमा कुवेती नागरिकहरू रहेका छन् ।

कुवेतमा इजिफ्सियन पुरूष तथा महिला गरि ४५६,६०० श्रमिक रहेको तथ्याङ्कले  देखाएको छ । इजिप्टको श्रमशक्तिले भारतीय र कुवेती श्रमशक्तिलाई पछि पार्दै पहिलो स्थानमा रहेको देखाउँछ जुन कुल श्रमिक संख्याको २४%हुन अाउँछ । त्यसै गरि कुल श्रमिक संख्याको २३.७%  अर्थात ४५१,३०० श्रमिक भारतीय पुरुष र महिला रहेका छन् भने कुल  श्रमिक संख्याको २२.३%  अर्थात ४२४,००० नागरिकका साथ कुवेती श्रमिक तेश्रो स्थानमा रहेको देखिन्छ ।

तथ्याङ्कले देखाएको छ कि बंगलादेशी श्रमिकहरू कूल १६१,१०० अर्थात ८.५% सहित चाैथो स्थानमा, पाकिस्तानी कामदारहरू, कूल ७०,३०० अर्थात ३.७% सहित पाँचाै स्थानमा, फिलिपिनो कामदारहरू ६६,००० अर्थात ३.५%  सहित छैटौं स्थानमा र सिरियाली श्रमिकहरू ६३,२०० अर्थात ३.३% सहित सातौं स्थानमा छन्।

नेपालीहरू कूल ४०,१०० पुरुष र महिला कामदारका साथ २.१% को दरले आठौं स्थानमा छन् । जोर्डनका श्रमिकहरू करिब २५,२०० पुरुष र महिला कामदारहरू १.३% दरले र अ इरानीहरू कुल २०,३०० अर्थात १.१% पुरुष र महिला कामदारहरू रहेका छन् । बाँकी १२५,१०० अर्थात ६.६% श्रमिकहरू अन्य देशका पुरूष तथा महिला कामदारहरू रहेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

प्रतिकृयाहरू
...