Tuesday 24th March 2026

पूर्व अध्यक्ष कमल थापाले गरे राप्रपा परित्याग, निर्णयमा पुनर्विचार गर्न संस्थापन पक्षको अनुरोध


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको थापाले बताएका छन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।

पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् भने थापा अलग भएसँगै उनको समूहले नै राप्रपा छोड्ने चर्चा भइरहेको छ ।

यसैबिच राप्रपाका पदाधिकारीहरूको अाकस्मिक बैठक बसी पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न पूर्वअध्यक्ष कमल थापालाई अनुरोध गरेको छ । बैठकले एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने घोषणाप्रति दुःख प्रकट गर्दै पुनर्विचार गर्न अनुरोध गरेको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...