Tuesday 24th March 2026

काठमाडाैंमा सोमबारबाट सबै सवारी साधनमा जोरबिजोर प्रणाली हटाइने


काठमाडौं उपत्यकामा लगाइएको सवारी जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढेपछि गत माघ ७ गतेदेखि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा जोरबिजोर  प्रणाली लागु गरिएको थियो भने माघ १४ गते पछि सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको भए पनि ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

त्यसै गरि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।  १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यस अघि सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । सीसीएमसीको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न पनि सिफारिस गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...