Wednesday 28th January 2026

ब्राजिलमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा २१ जनाको मृत्यु


ब्राजिलको साओ पाउलोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि सात बालबालिकासहित कम्तीमा
२१ जनाको मृत्यु भएको छ ।

राज्य सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार करिब ६०० व्यक्तिहरू पनि विस्थापित भएका छन् ।अधिकारीहरूले प्रभाव परेका सहरका मेयरहरूलाई सहयोग गर्न अग्नि नियन्त्रकहरू, सैन्य प्रहरी र नागरिक सुरक्षाकर्मीहरूको कार्य समूह उद्दारमा खटिएको साओ पाउलोका गभर्नर जोओ डोरियालाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियामा समाचार प्रकाशित भएका छन्।

अन्तरसरकारी प्यानल फर क्लाइमेटका अनुसार, विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा भएको वृद्धि र वायुमण्डलको ओजोन तहको ह्रासका कारण दक्षिणी ब्राजिलमा सन् १९६० को दशकदेखि औसत वर्षाका साथै चरम वर्षाका कारण पटक पटक प्राकृतिक प्रकोपका घटनाहरू घटिरहेको बताइएको छ ।

साभारः CNN


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...