Wednesday 28th January 2026

उत्तर कोरियाले एक महिना भित्रमा साताैं पटक क्षेप्यास्त्र परिक्षण गर्यो


उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उसको यसै महिना गरिएको सातौं परीक्षण हो ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाइल (आइआरबीएम) भएको जनाएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् ।

राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ । नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

सो मिसाइल २ हजार किलोमिटर उचाइमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाइल जापानको समुद्रमा खसेको थियो । उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ तर उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र भन्दा पनि द्रुत गतिका हाइपरसोनिक क्षेप्यास्त्र समेत बनाएर परिक्षण गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...