Tuesday 24th February 2026

अफगानिस्तानमा भारी हिमपातको कारण कम्तिमा ४२ जनाको मृत्यु


युद्धग्रस्त अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार विपद व्यवस्थापन टोलीले पीडितहरूलाई आपतकालीन सहायता पुर्‍याएको छ र अधिकारीहरूले विपदबाट जनधनको थप क्षति हुन नदिन निरन्तर काम गरिरहेका छन् ।

हिमपात प्रभावितलाई अस्थायी शिविर बनाएर राखिएको र अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ । तर कतिपय स्थानमा भने प्रतिकूल मौसमका कारण प्रभावितको खोजी, उद्धार तथा राहतका लागि समस्या भइरहेको जनाइएको छ ।

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा भारी हिमपातका कारण प्रभावितलाई आपतकालीन सहयोग पुर्‍याउन सरकारी निकायले विभिन्न दातृ निकायसँग मिलेर काम गरिरहेको छ ।

अफगानिस्तानमा विगत १५ वर्ष यता सबैभन्दा बढि मात्रामा यस वर्ष हिमपात भएको हो भने भारी हिमपात र जाडोले अफगानिस्तानमा जारी मानवीय संकटलाई अझ थपेको छ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...