Wednesday 28th January 2026

अफगानिस्तानमा भारी हिमपातको कारण कम्तिमा ४२ जनाको मृत्यु


युद्धग्रस्त अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार विपद व्यवस्थापन टोलीले पीडितहरूलाई आपतकालीन सहायता पुर्‍याएको छ र अधिकारीहरूले विपदबाट जनधनको थप क्षति हुन नदिन निरन्तर काम गरिरहेका छन् ।

हिमपात प्रभावितलाई अस्थायी शिविर बनाएर राखिएको र अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ । तर कतिपय स्थानमा भने प्रतिकूल मौसमका कारण प्रभावितको खोजी, उद्धार तथा राहतका लागि समस्या भइरहेको जनाइएको छ ।

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा भारी हिमपातका कारण प्रभावितलाई आपतकालीन सहयोग पुर्‍याउन सरकारी निकायले विभिन्न दातृ निकायसँग मिलेर काम गरिरहेको छ ।

अफगानिस्तानमा विगत १५ वर्ष यता सबैभन्दा बढि मात्रामा यस वर्ष हिमपात भएको हो भने भारी हिमपात र जाडोले अफगानिस्तानमा जारी मानवीय संकटलाई अझ थपेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...