Thursday 29th January 2026

अष्ट्रेलियामा खोप अनिवार्य, खोप नलगाए ३६०० डलर जरिवाना


तीतोपाटी – अष्ट्रेलियामा कोरोना विरूद्धको खोप अनिवार्य रूपमा लगाउनु पर्ने भएको छ । खोप नलगाएमा अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।

अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ ।

माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...