Friday 20th March 2026

एनआरएनए एनसीसी कुवेतले यहि जनवरी २१ तारिक शुक्रबार तेश्रो पटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यस अघि NRNA कुवेतले पहिलो चरणको सालमिया स्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX Medical Care संग सम्पन्न गरिसकेको छ।

तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर भने MedX Medical Care फहाहिलामा हुँदैछ। महिलाहरुलाइ लक्षित गरि शिविर आयोजना गरिएता पनि पुरुषहरुले पनि यसको फाइदा उठाउन सक्नेछन। शिविरमा उपस्थित हुनेहरुले CBC (Complete Blood Count), FBS (Fasting Blood Sugar), Cholesterol, ECG, Urine TEST र GP(General Practitioner) सम्बन्धी जाँचहरु गराइ फाइदा लिन सक्नेछन।

विस्तृत जानकारिका लागि निम्न ब्यक्तिहरुसंग सम्पर्क गर्नुहोला।

श्रवण गाहा मगर- 69058027
सजिना गुरुङ- 66578207
टीका आचार्य- 97593452
मनिष केसि- 51003611
हेमन्त नगरकोटी- 60753849


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...