Sunday 16th March 2025

नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, एक दिनमै झण्डै ५ हजार संक्रमित, सरकारद्वारा थप कडाइ


तीतोपाटी – कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् ।

स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने नेपालमा हाल सकृय सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ ।

संक्रमतिको संख्या ह्वात्तै बढेपछि सरकारले पुनः कडाइ गरेको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ।

आइतबार नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरिएको जानकारी दिदै आगामी माघ मसान्तसम्मका लागि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालन गर्न निषेध गरिएको बताएका छन् । गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन भर्चुअल माध्यमबाट संचालन गर्ने निर्णय सरकारले गरेको बताएका छन् ।

त्यसै गरि सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन गर्न पाइने छैन ।

मन्त्रिपरिषद्ले गरेका निर्णय
.सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक
.गोष्ठीहरू भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने
.भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा एन्टिजन परीक्षण गरी रिपोर्ट नेगेटिभ भएका बढीमा २५ जना मात्र सहभागी हुन पाउने
.माघ ७ गतेपछि खोप लगाएका व्यक्तिहरूलाई मात्रै यस्ता कार्यमा उपस्थितिको अनुमति दिइने
.सिनेमाघर, डान्स बार, दोहोरी, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालनमा माघ १५ गतेसम्म प्रतिबन्ध
विद्यालय, विश्वविद्यालय, तालिम वा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने
.पूर्वनिर्धारित परीक्षा, वैदेशिक रोजगारीका लागि लिइने परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने
.मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गर्दै माघ मसान्तसम्म नित्य पूजा ध्यान र प्रार्थना मात्र गर्न पाइने
.सपिङ मल, डिपार्टमेन्ट स्टोर वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने । दुई व्यक्तिबीच दुई मिटरको दूरी कायम गर्ने कुनै पनि सामान अनावश्यक रूपमा
छुन नहुने र मास्क अनिवार्य गर्ने जस्ता मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न पाइने
.पार्टी प्यालेसमा कुल क्षमताको एकतिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्रै उपस्थित हुन पाइने र विवाह वा व्रतबन्धका लागि प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिनुपर्ने
.रङ्गशालामा हुने खेलकुद गतिविधिमा कुल क्षमताको एकतिहाइ मात्रै उपस्थित हुन पाउने
.माघ ७ गतेपछि खेल कार्यक्रम खोप मात्रा पूरा गरेका व्यक्तिहरूले मात्रै रङ्गशालामा प्रवेश पाउने
.धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: ट्रम्प प्रशासनले नयाँ प्रतिबन्धको भागको रूपमा दर्जनौं देशका नागरिकहरूका लागि व्यापक यात्रा प्रतिबन्धहरू जारी गर्ने विचार गरिरहेको छ, ज्ञापनपत्रमा…

मस्को: राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले यस क्षेत्रको केही क्षेत्र कब्जा गरेपछि पहिलो पटक पश्चिमी रूसी क्षेत्र कुर्स्कको भ्रमण गर्नुभएको…

इस्लामिक न्यायशास्त्र र आधारभूत सिद्धान्तहरूको अध्ययन गर्दै तीन दशकभन्दा बढी समय निर्वासनमा बिताएका सिरियाली धार्मिक विद्वान र शान्ति कार्यकर्ता प्रोफेसर…

प्रतिकृयाहरू
...