Tuesday 25th November 2025

“उडेको आकाश, डुलेको धर्ती” माथि छलफल


तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति “उडेको आकाश, डुलेको धर्ती ” माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए ।

कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे, र डा. रजनी ढकालले कृतिमाथि समीक्षात्मक विचार राखेका थिए भने नियात्राकार खत्रीद्वारा लेखकीय मन्तव्य राखिएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र महासचिव सर्वज्ञ वाग्लेको पनि मन्तव्य राखिएको उक्त कार्यक्रममा खतिवडाले पनि समीक्षात्मक टिप्पणी राखेकी थिइन् ।

कविता, गीत , कथा, नियात्रालगायतका विधामा कलम चलाउने खत्री अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पनि हुन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...