Monday 30th March 2026

स्थायी वन्ध्याकरण गरिएको पश्चिमी बदिया भाले लोकप्रिय हुँदै


आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ।

तपाइले खसीको मासु खानु र बोकाको मासु खानुमा जुन भिन्नता पाउनु हुन्छ बदिया भालेमा पनि त्यस्तै हो । सुन्दा अचम्म लाग्न सक्छ ।भाले पनि खसी पार्न मिल्छ र भन्दा तर अचम्म मान्नु पर्दैन। लोकल भाले पनि खसी परिन्छ र हुर्काएर महङ्गो मुल्यमा बेचिन्छ। स्वाद पुर्ण रुपमा फरक र स्वादिस्ट हुन्छ। बदिया भालेको बिभिन्न परिकार बनाएर महङ्गो मुल्यमा मेनुमा राख्न थालेका छन । खानाका सोखिन बर्गले बदिया भालेका परिकार खोजि खोजि खाने गरेका छन। बदिया भालेको मासु खदिलो र कसिलो तिख्खर स्वादको हुने हुदा धेरैको रोजैमा पर्न थालेको हो ।

बदिया भालेलाइ बन्ध्याकरण गरे पछि निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन । भालेलाइ जति सक्दो चाडो खसी बनाउदा किसानलाइ फाइदा हुने हुदा कलिलो उमेर मै बन्द्याकरण गरि मासुको मात्रा बढाउने गरिन्छ । यद्यपि सानो उमेरमा भालेको अन्डकोष पनि सानो हुने, त्यसलाई पत्ता लगाई समाएर चुडाउन वा काट्न पनि अफ्ठ्यारो हुने हुँदा सामान्यतया भाले बास्ने उमेर भएपछी मात्र त्यसलाई बन्ध्याकरण गर्ने प्रचलन चलि आएको हो ।

के हो बदिया भाले के के परिकार बन्छ ?

बदिया भाले भन्नाले बन्द्याकरण गरेर अन्डकोष निकाल्ने प्रक्रिया हो। सामान्यतया ६ – ७ सय रुपैया प्रति किलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि रु ३,००० – ५००० सम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न सुरु गर्ने उमेर भनेको ४।५ देखि ५ महिनाको समय हो । त्यस बेला बदिया गरेपछि कम्तिमा ३ देखि ६ महिना थप पालेपछि मात्र मासुको लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।

बदिया भाले भन्नाले बन्द्याकरण गरेर अन्डकोष निकाल्ने प्रक्रिया हो। सामान्यतया ६ – ७ सय रुपैया प्रति किलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि रु ३,००० – ५००० सम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न सुरु गर्ने उमेर भनेको ४।५ देखि ५ महिनाको समय हो । त्यस बेला बदिया गरेपछि कम्तिमा ३ देखि ६ महिना थप पालेपछि मात्र मासुको लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।बदिया भालेको अन्य कुखुराको जस्तै करी,रोस्ट,चिल्लि,छोइला,सादेको,डामेको,सेकुवा,तास,झोल जसरी बनाएर खाए ता पनि स्वादिस्ट र स्वाश्थ्य बर्दक हुन्छ। बदिया भाले खाने यसका पारखीहरु हाइवय,कटेज तथा ५ नम्बर प्रदेशमा ग्राहकहरु बढेका छन ।

 


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...