Friday 19th April 2024

तमु समाज कुवेतले “तमु ल्होछार २०७८” भव्यतापूर्वक मनायो


तीतोपाटी – कुवेतको सबै भन्दा पुरानो जातीय संस्था तमु समाज कुवेतले तमुहरूको नयाँ वर्ष एवं सांस्कृतिक पर्व “तमु ल्होछार“ गत
शुक्रबार कुवेतको रमणिय ठाउँ कवड एरियामा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक नृत्य, विभिन्न खेलकुद तथा वनभोज कार्यक्रम गरि भव्य रूपमा मनाएको छ ।

तमु ल्होछारको औपचारिक कार्यक्रम तमु समाज कुवेतका अध्यक्ष राजु तमुको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, एनआरएनए आइसीसी सदस्य हरि लावतीको विशेष आतिथ्यता तथा कुवेतमा कृयशिल संघ संस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी एवं कुवेतमा कार्यरत तमु तथा गैर तमु दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा हर्षोल्लासपूर्वक मनाएको थियो भने तमु दाजुभाइ तथा दिदीबहिनीहरू अघिल्लो दिनदेखि नै कार्यक्रम स्थलमा उपस्थित भइ वनभोज तथा खेलकुद कार्यक्रम गरेका थिए ।

तमु ल्होछार कार्यक्रमलाइ सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि भण्डारीले स्वदेशमा भन्दा परदेशमा आफ्नो संस्थकार र संस्कृतिलाइ जिवन्तता दिन यसरी कार्यक्रम गरिएकोमा आयोजकलाइ धन्यवाद दिंदै वर्षेनी रक्तदान जस्तो अमुल्य मानवीय सेवाको कार्य गर्दै आएको तमु समाज प्रसंसा गर्दै कुवेतमा हुने हरेक राम्रा कार्यहरूमा नेपाली राजदूतावास कुवेतले सदा हातेमालो र सहकार्य गर्दै आएको र कुटनैतिक तवरबाट नेपाल र नेपालीको श्रीवृद्धिको लागि कार्यहरू गरिरहेको बताउँदै आफू कार्यरत देशको नीति नियम र कानु पालना गर्नु हामी सबैको दायित्व हो भन्दै कुनै पनि अवैधानिक वा गैरकानुनी कृयाकलापमान नलाग्न सबैमा आग्रह गरेका थिए ।

“शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानव अस्तित्व नै हराउँछ“ भन्ने मुल नाराका साथ यस वर्षको तमु ल्होछार गाइ वर्गलाइ विदाइ र बाघ वर्गलाइ स्वागत गर्दै मनाइएको थियो । कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार खोप तमुले तमु ल्होछारको सांस्कृतिक र ऐतिहासिक पक्षबारे कार्यक्रममा उपस्थित सबैलाइ जानकारी गराएका थिए भने शुभकामना मन्तव्य दिने वक्ताहरूले तमु समाज कुवेतले गरेका राम्रा कार्यहरूको प्रसंशा गर्दै प्रवासमा नेपाली राजदूतावास र नेपाली समुदाय सहकार्य गरेर अघि सहकार्य गरेर अघि बढेमा जस्ता सुकै जटिल समस्याहरू पनि समाधान गर्न सकिने बताएका थिए ।

तमु ल्होछारको अवसर पारेर संस्थालाइ आर्थिक नैतिक र भौतिक रूपले सहयोग गर्ने विभिन्न व्यक्ति व्यक्तित्वलाइ सम्मान गरेको समाजले विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय हुने विजयी खेलाडीहरूलाइ पनि उक्त दिन पुरस्कृत गरेको थियो ।

स्मरण रहोस, तमु समाज कुवेतले “रक्तदान, जिवनदान“ भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष समुदाय स्तरमा रक्तदान कार्यक्रम गर्दै आएको छ भने सामाजिक र मानवीय सेवाका कार्यमा सदा सकृय यस समाजले कुवेतको नेपाली समाजमा हुने गरेका हरेक कृयाकलापमा सबैसँग सहकार्य र हातेमालो गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...