Sunday 24th August 2025

एनआरएनए कतारले आफ्नो १९ औँ स्थापना दिवस भव्य रुपमा मनायो


दोहा (जीएनएन) — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आफ्नो १९ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन २००३ मा स्थापित संस्थाले एक बृहत कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्ष्मण खनालले शुभकामना व्यक्त गर्दै संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनहरुले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए । कार्यवाहक राजदुत खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भुमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्याउने तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे । खनालले समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले गर्दै आएको सहयोग सराहनिय रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि अलि सला अल खलफले कतार सरकार सदैव मजदुरको पक्षमा काम गर्न तयार रहेको र गरिरहेको बताए । उनले कतार सरकारले मजदुरमुखी नियमहरु बनाई रहेको बताउदै आगामी दिनमा पनि नेपाली तथा सबै समुदायसँग सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्दै आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाऊदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे ।

कार्यक्रममा बोल्दै मानार्थ आइसीसी सदस्य शनि कुमार ओलिले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए । ओलिले अबको समाधान भनेको निस्पक्ष रुपमा डेलीगेट्सको समस्या समाधान गर्दै निर्वाचनमा गई नेतृत्व हस्तान्तरण नै भएको बताए ।

कार्यक्रममा एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए । उनले जुँगाको लडाई संस्था भित्र नगर्न आग्रह गरे । अध्यक्ष मुक्तदाले तत्काल सबैलाई एकै ठाऊमा रही सँस्थालाई अझै बलियो बनाएर अगाडी बढनु पर्ने बताए ।

कार्यक्रममा नेपाली राजदुतावास कतारका लेबर कन्सुलर कृष्ण खनाल, दितिय सचिव प्रवीण भट्टराई, सल्लाहकार टिवि कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियॉ, नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक सभापति ठाकुर कुमार परियार एनआरएनए संस्थापक सदस्य एवं पुर्व उपाध्यक्ष सागर नेपाल, बिमल सुवेदी, आइसिसी सदस्य रमेश भट्ट, केवि हमाल, अब्दुल वासिद, नवनिर्वाचित आइसिसी सदस्य नरेश श्रेष्ठ, सरिता भण्डारी, नेपाल आदिवासी जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष राम कुमार मण्डल, नेपाली महिला समाजका प्रमुख सल्लाहकार अमिना खान लगायतका वक्ताले शुभकामना दिएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...