Thursday 29th January 2026

फिलिपिन्समा आँधीबाट मर्नेको संख्या २०८ पुग्यो


फिलिपिन्समा शक्तिशाली आँधीबाट मर्नेको संख्या २०८ पुगेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। गत बिहीबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।

सबैभन्दा बढि बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कम्तीमा २३९ जना घाइते भएका छन् भने ५२ जना बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । समाचारमा बताइएअनुसार अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन हुन सकिरहेको छैन । घर, विद्यालय, अस्पताल र सामुदायिक भवनहरू खण्डहर जस्तै बनेका छन् ।हावाहुरीका कारण धेरै ठाउँमा विद्युत, खानेपानी अवरुद्ध भएको छ जसले गर्दा जनजीवन प्रभावित भएको छ। राईलाई पाँचौं श्रेणीको आँधी मानिएको छ, जुन निकै भयानक छ। बोहोल प्रान्तसँगै यसले सेबु, लेयते, सुरिगाओ डेल नोर्टे प्रान्तलाई पनि असर गरेको छ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले दीर्घकालीन राहत प्रयासहरूका लागि 20 मिलियन स्विस फ्र्याङ्क (£ 16m; $ 22m) को लागी एक आपतकालीन अपील सुरु गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...