Wednesday 24th April 2024

तमू समाज कुवेतले यहि डिसेम्बर ३१ तारिकका दिन भव्य रुपमा तमू ल्होछार/ल्होसार मनाउने


तितोपाटी – तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ एक दशक भन्दा लामो समयदेखि कुवेतमा गठन भइ कृयाशिल रहेको तमु समाजले यस वर्ष ल्हो’ (गाई बर्ग) को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग) को स्वागत गरि मनाउन लागेको समाजका महासचिव सुरेश गुरूङले तीतोपाटी डट कमलाइ जानकारी दिएका छन् ।

संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ । पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको विशेष महत्व छ ।

तमू (गुरुङ) हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र) अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’ को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’ लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग) को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग) को स्वागत गरि कुबेतको हिजुल कबड एरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध सास्कृतिक नृत्यहरु, झाकीहरु प्रस्तुत गर्ने र परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यस बर्षको ‘तो ल्होछार/ल्होसार’ मनाउने तयारी भएको र सो अनुसार ‘ल्होछार मुल समिती’ र बिभिन्न उप-समितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको कुरा तमू समाज, कुवेतका महासचिब सुरेश गुरुङले तीतोपाटी सँगको कुराकानीमा बताए ।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,  पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाउन सहयोग गर्न तमु समाज कुवेतले आग्रह गरेको छ ।

तमु ल्होछार/ल्होसार कार्यक्रमको विवरणः

आयोजक : तमू समाज कुवेत ।
कार्यक्रम : तमू ल्होसार ।
स्थान :हिजुल कबड एरिया ।
मिति: ३१ डिसेम्बर २०२१ शुक्रबार ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...