Thursday 22nd January 2026

फिलिपिन्समा ‘राई” आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुग्यो


फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो र बाढीले अझै धेरैको ज्यान लिन सक्ने बताइएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् ।

कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...