Wednesday 25th March 2026

फिलिपिन्समा ‘राई” आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुग्यो


फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो र बाढीले अझै धेरैको ज्यान लिन सक्ने बताइएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् ।

कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...