Friday 16th January 2026

एनआरएनए कतारद्वारा समस्यामा परेका कामदारहरुलाई खाद्यान्न वितरण


काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ ।

कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको हो ।

एनआरएनए कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रमे चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

नेपालको ओसो रिक्युटिङ्ग एजेन्सीबाट आएका उनीहरुलाई कम्पनीले काम गरेर पनि तलब नदिएपछि श्रमिकहरु समस्यामा परेका एनआरएनए कतारका सचिब दिपजंग शाहले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...