Wednesday 18th March 2026

कुवेतबाट ल्याइयो दुई नेपालीको शब


तीतोपाटी काठमाडौं – कुवेतलाई रोजगारीको थालो बनाएकी झापाकी सविना किस्कु(सतार) र सिराहाका ज्ञानदेव महतोको शब आज काठमाडौं ल्याइ पुर्याइएको छ । कतार एयरवेजबाट ल्याइएको शब मृतकहरुका आफन्तले त्रिभूवन विमानस्थलमा बुझेका हुन ।

राहदानी नम्बर १०७४२६३८ भएकी ३४ बर्षिय सबिना किस्कुको हृदयघातका कारण अक्टोबर २० तारिख मृत्‍यु भएको थियो । किस्कु श्रम स्वीकृति नलीएरै भारतीयबाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत पुगेकी हुन । पछिल्लो समयमा आफ्नो साहु (स्पोन्सर)को घरबाट भागेर लुकेर काम गर्दै आएकी किस्कुको शब ल्याउन समेत सहयोग रकम उठाइएको थियो ।

प्रवासी नेपाली ट्याक्सी ब्यवसायी संघका अध्यक्ष सुनबहादुर तामाङको पहलमा कुवेतमा रहेका नेपालीहरुले ३८५ केडी(नेरु करिब १ लाख ५० हजार) सहयोग रकम उठाएर दूतावासमा बुझाए पछी मृत्‍यु भएको डेढ महिना पछी सबिनाको शब ल्याउन सकिएको हो ।

आर्थिक समस्याकै कारण झापाबाट आफ्नो छोरीको शब बुझ्न किस्कुको अभिभाबक काठमाडौं आउन नसके पछी प्रदेश सभा सदस्य बसन्त कुमार बानियाले किस्कुको शब बुझेका थिए । प्रदेश सभासद बानिया र वार्ड सद्स्य कौशल्या अधिकारिको पहलमा शबलाई झापा पुर्याउने ब्यवस्था गरिएको छ।

त्यसै गरी राहदानी नम्बर ०७६५७७२१ भएका ५० बर्षिय ज्ञानदेव महतोको हृदयघातका कारण डिसेम्वर-२ तारिख मृत्‍यु भएको थियो । कुवेतमा सेक्यूरिटी गार्डको रुपमा काम गर्ने महतो कार्यस्थलमै ढलेको बताइएको मृतकका छोरो कासेन्द्र प्रसाद सिंह वताउछन ।
बिगत ७ बर्ष देखी छुट्टी नआएका ज्ञानदेव अर्को महिना छुट्टी आउने तयारीमा थिए। उनको शबलाई बैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको शब बहानमा सिराहा लगेर अन्त्येष्टि गरिने छ्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...