Thursday 5th March 2026

यूएईमा मासिक बचतबाट खोलियो नेपाली रेस्टुरेन्ट


तीतोपाटी – यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो ।

उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए । १८ जना सदस्यको सामुहिक बचतबाट खोलिएको रेस्टुरेन्टको यूएईको अन्य शहरहरुमा पनि शाखा खोलिने योजना रहेको संचालक मध्येका सुनिल अधिकारी बताउछन।

हिमालयन नेपाली रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा गैरआवासिय नेपाली संघ(एनआरएनए) युएईका अध्यक्ष निराजन सिलवाल, सिन्धुपाल्चोक सेवा समाज युएईको अध्यक्ष मनोज नेपाललगाएत विभिन्न क्षेत्रको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

रेस्टुरेन्टमा नेपाली लगाएत भारतिय र चाईनिज खानाहरु पनि पाइने तथा ग्राहकको सुविधाको लागि होम डेलिभरीको पनि ब्यबस्था गरिएको छ। साथै सेमिनार, गोष्ठीहरू गर्ने स्थानको ब्यबस्था रहेको संचालकहरुले बताएका छन।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...