Friday 30th January 2026

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सु चीलाइ ४ वर्ष जेल


तीतोपाटी – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो ।

प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी नै छ । बाँकी मुद्दामा सेनाले चाहेअनुसार अदालतले फैसला गरेमा सुचीलाई अझ लामो जेल सजाय हुन सक्नेछ ।

बीबीसीका अनुसार सु ची लाइ ११ भिन्नाभिन्नै अभियोग लगाइएको छ तर सु चीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् । गत फेब्रुअरीमा सैन्य कूमार्फत् निर्वाचित गैरसैनिक सरकार सत्ताच्यूत गरिएयता सू चीलाई घरमै नजरबन्दमा राखिएको छ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सु चीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सु चीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सु चीलाई घरमै नजरबन्द गरिएको छ ।

गत फेब्रुअरीमा सैनिक कू मार्फत सेनाले सत्ता हत्याएपछि म्यानमारमा व्यापक विरोध प्रदर्शनहरू भएका छन् । त्यहाँ प्रजातन्त्र समर्थकहरू, अभियानकर्मीहरू तथा पत्रकारहरूविरुद्ध सेनाले दमन गरेको छ । विरोधका क्रममा १०अाैं हजार मानिस गिरफ्तार भएका छन् भने हजाराैं मानिसको ज्यान गइसकेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...