Monday 27th October 2025

साउदी अरबमा पनि भेटियो ‘ओमिक्रोन’ भेरिएन्ट


तीतोपाटी – साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ।

मन्त्रालयले भनेको छ संक्रमित नागरिक र उनीसंग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू, रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदन्डहरु पालना गर्न सबैलाई अनुरोध गरेको छ।

साउदी अरेबियाले गत आइतबारदेखी मलावी, जाम्बिया, मेडागास्कर, अंगोला, सेशेल्स, मौरिसस र कोमोरोसबाट आउने र त्यहा जाने उडानहरू रद्द गरेको छ।

फोटो साभारः अरब टाइम्स


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...