Tuesday 30th December 2025

भारतीय संसदले विवादित ३ कृषि कानुन खारेज गर्ने विधेयक पारित गर्यो


तीतोपाटी – भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा हुनुपर्ने माग गरेका थिए ।

यसअघि गत मंसिर ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका थिए भने अघिल्लो हप्ता मात्रै केन्द्रीय मन्त्रीमण्डलले विवादित कृषि कानुन खारेज गर्ने विधेयकलाइ मन्जुरी दिएपछि कृषिमन्त्री नरेन्द्रसिंह तोमरले लोकसभामा विधेयक पेस गरेका थिए । लोकसभाको प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्री तोमरले विधेयक पेस गरेका थिए ।

मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित थिए भने त्यस क्रममा सयाैं किसानहरूको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...