Wednesday 25th March 2026

भारतीय संसदले विवादित ३ कृषि कानुन खारेज गर्ने विधेयक पारित गर्यो


तीतोपाटी – भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा हुनुपर्ने माग गरेका थिए ।

यसअघि गत मंसिर ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका थिए भने अघिल्लो हप्ता मात्रै केन्द्रीय मन्त्रीमण्डलले विवादित कृषि कानुन खारेज गर्ने विधेयकलाइ मन्जुरी दिएपछि कृषिमन्त्री नरेन्द्रसिंह तोमरले लोकसभामा विधेयक पेस गरेका थिए । लोकसभाको प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्री तोमरले विधेयक पेस गरेका थिए ।

मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित थिए भने त्यस क्रममा सयाैं किसानहरूको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...