Friday 30th January 2026

कुवेतमा दैनिक २० महिलाले गर्छन् सम्बन्धविच्छेद


बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ।

कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६ देखि २०२० सम्म सम्बन्ध विच्छेदको दर दैनिक २० पुगेको छ जसमा १५ मुद्दा कुवेती महिला नागरिकसँग र ५ मुद्दा विदेशी महिलासँग सम्बन्धित छन्।

पछिल्लो ५ बर्षको तथ्यांकअनुसार सम्बन्ध विच्छेदका मुद्दाहरूको जम्मा संख्या ३६ हजार ३४५ पुगेको छ। जसमा कुवेती महिलाहरूको मात्र २६ हजार ५७६ मुद्दाहरू छन्। सम्बन्धविच्छेद गर्ने कुवेती महिलाहरुको श्रीमानहरु मध्ये २२ हजार ६२६ कुवेती पुरुषहरू (८५ प्रतिशत) र ३ हजार ९५० गैर–कुवेतीहरू(१५ प्रतिशत) रहेका छन्।

गत वर्ष भने कोरोना महामारीका कारण सम्बन्धविच्छेदका घटनामा कमी आएको तथ्यांकले देखाएको छ।

तथ्यांकमा यस्तो छः–

सन् २०१६– जम्मा ७ हजार २२३ जसमा ५ हजार २५९ कुवेती महिलाहरू छन्।४ हजार ३८६ कुवेती पति र ८७३ गैर–कुवेती पतिहरू

सन २०१७ – जम्मा ७ हजार ४३३ जसमा ५ हजार ४०२ कुवेती महिलाहरू छन्।४ हजार ५१० कुवेती पति र ८९२ गैर–कुवेती पतिहरू

सन २०१८– जम्मा ७ हजार ८६९ जसमा ५ हजार ७६४ कुवेती महिलाहरू छन्।४ हजार ८३९ कुवेती पति र ९२५ गैर–कुवेती पतिहरू

सन २०१९– जम्मा ७ हजार ८८८ जसमा ५ हजार ८४७ कुवेती महिलाहरू छन्।४ हजार ९३८ कुवेती पति र ९१९ गैर–कुवेती पतिहरू

सन २०२० –जम्मा ५ हजार ९३२ जसमा ४ हजार २९४ कुवेती महिलाहरू छन्।३ हजार ९५३ कुवेती पति र ३४१ गैर–कुवेती पतिहरू
साभार – अरब टाइम्स


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...