Tuesday 30th December 2025

सुडानमा ‘सैन्य कु’, प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार, ३ प्रदर्शनकारीको मृत्यु, ८० घाइते


सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । अल जजिरा न्यूजले सुडानी चिकित्सकहरूको केन्द्रीय समितिलाइ उधृत गर्दै सोमबार सेनाले कब्जामा लिएको विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको र कम्तीमा ८० जना घाइते भएको बताएको छ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँग्र सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखि नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका देखिएका छन् । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ ।

फोटो साभारः अलजजिरान्यूज


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...