Wednesday 25th March 2026

सुडानमा ‘सैन्य कु’, प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार, ३ प्रदर्शनकारीको मृत्यु, ८० घाइते


सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । अल जजिरा न्यूजले सुडानी चिकित्सकहरूको केन्द्रीय समितिलाइ उधृत गर्दै सोमबार सेनाले कब्जामा लिएको विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको र कम्तीमा ८० जना घाइते भएको बताएको छ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँग्र सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखि नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका देखिएका छन् । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ ।

फोटो साभारः अलजजिरान्यूज


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...