तीतोपाटी – म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्।
गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी सेनाले ‘कु’ गरेको थियो। सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा सेनाले आठ हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।
‘कु’को विरोधमा प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा हजाराैं नागरिक मारिएका थिए ।