Tuesday 13th January 2026

लुलु हाइपर मार्केटले Ikon ब्राण्डको E-Scooter को प्रमोसन शुभारम्भ गर्यो


तीतोपाटी – मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ ।

अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष छुटमा खरिद गर्न सकिने छ । लुलु हाइपर मार्केटमा Ikon ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सम्बन्धि सामानहरू खरिद गर्न सकिन्छ ।

लुलु हाइपर मार्केटको अलराइ ब्रान्चमा भएको Ikon कम्पनीको IK-TSEG09 मोडेलको इ-स्कुटर प्रमोसन शुभारम्भ समारोहमा लुलु हाइपर मार्केटका व्यवस्थापन टिमका पदाधिकारीहरू तथा कुवेतको स्कुटर क्लब Ka-Baterya E-Scooter Kuwait का चालकहरूको उपस्थिति रहेको थियो ।

प्रमोसन शुभारम्भ समारोहमा सामुहिक रूपमा इ-स्कुटर चलाएर दर्शकहरू तथा ग्राहकहरूलाइ मनोरन्जन प्रदान गरिएको थियो । अहिलेको डिजिटल जमानामा डिजिटल सामाग्रीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि लुलु हाइपर मार्केटले शुरूवात गरेको यो प्रमोसनले विशेष उत्साहित गरी डिजिटल युगमा चल्नलाइ सहज र फलदायी रहने लुलु व्यवस्थापनले अपेक्षा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...