Friday 20th March 2026

लुलु हाइपर मार्केटले Ikon ब्राण्डको E-Scooter को प्रमोसन शुभारम्भ गर्यो


तीतोपाटी – मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ ।

अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष छुटमा खरिद गर्न सकिने छ । लुलु हाइपर मार्केटमा Ikon ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सम्बन्धि सामानहरू खरिद गर्न सकिन्छ ।

लुलु हाइपर मार्केटको अलराइ ब्रान्चमा भएको Ikon कम्पनीको IK-TSEG09 मोडेलको इ-स्कुटर प्रमोसन शुभारम्भ समारोहमा लुलु हाइपर मार्केटका व्यवस्थापन टिमका पदाधिकारीहरू तथा कुवेतको स्कुटर क्लब Ka-Baterya E-Scooter Kuwait का चालकहरूको उपस्थिति रहेको थियो ।

प्रमोसन शुभारम्भ समारोहमा सामुहिक रूपमा इ-स्कुटर चलाएर दर्शकहरू तथा ग्राहकहरूलाइ मनोरन्जन प्रदान गरिएको थियो । अहिलेको डिजिटल जमानामा डिजिटल सामाग्रीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि लुलु हाइपर मार्केटले शुरूवात गरेको यो प्रमोसनले विशेष उत्साहित गरी डिजिटल युगमा चल्नलाइ सहज र फलदायी रहने लुलु व्यवस्थापनले अपेक्षा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...