Thursday 19th March 2026

टहल आचार्यको गजल संग्रह – २४


अमेरिकी पिजा बर्गर रोष्ट टोष्ट खाईन्न है ,
ए हजुर देश बेचेर एमसिसी चाहिन्न है ।

डाडु देखाई खड्कुँलो लुटीलाने सामान्तीको ,
साम्राज्य र बिस्तारबादी प्रभु भक्ती गाईन्न है ।

महलको सुख सँयल बिलासीता नभोगेरै ,
भोकै नाङ्गै मरुँला म शरण पर्न जाईन्न है ।

जति रोए कराए नी बैगुणीको हात बाट ,
गुमेपछि सार्वभौम स्वतन्त्रता पाईन्न है ।

आडम्बरी घमण्डी पाशवीक दुराशायी ,
स्याल ब्वाँसोहरु सँग कुनै नाता लाईन्न है ।

टहल आचार्य
२०७८/०६/०२


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...