Wednesday 25th March 2026

अमेरिकाको न्यूयोर्क र न्यू्जर्सीमा आँधीः कम्तिमा १५ जनाको मृत्यु, आपतकालिन स्थितिको घोषणा


तीतोपाटी – उत्तरपूर्वी अमेरिकामा आएको बाढी र आँधीबेहरीबाट कम्तीमा १५ जनाको मृत्यु भएको  बीबीसीले जनाएको छ । बुधबार रातीबाट बाढीको तान्डब भएपछि बिहीबार बिहान न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

राष्ट्रपति जो बिडेनले एक “जलवायु संकट” को चेतावनी दिदैं र भन्यो कि अमेरिकाले भविष्यमा यस्तो अबस्था दोहोरिन नदिन अझ राम्रो संग तयार हुनु पर्छ  भनेका छन् । न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन् ।

बाढीका कारण शहरको भूमिगत रेल सेवा बन्द गरिएको छ र बाटोमा सामान्य वाहनमा चल्न प्रतिबन्ध लगाइएको छ । घरबाट बाहिर निस्किएका मानिसहरू यातायात सेवा बन्द भएपछि हजाराैं मानिसहरू सडक, सबवे, माथिल्लो ग्राउण्ड रेल स्टेसनहरूमै रात बिताउन बाध्य भएका थिए । अझै पनि कतिपय मानिसहरू भूमिगत रेलमार्गमा फसेका भिडियो फुटेजहरू सार्वजनिक भएका छन् ।

न्यूयोर्क र न्यूजर्सीबाट थुप्रै विमान र ट्रेन स्थगित गरिएको छ । अमेरिकामा अचाजक परिवर्तित मौसमका लागि समुद्री आँधी इडा जिम्मेवार भएको बताइन्छ । यसको बाँकी भएको हिस्साले यस्तो असर देखाएको बताइन्छ ।

इडा आँधी अघिल्लो हप्ता अमेरिकाको दक्षिणी राज्य लुजियानामा आएको थियो । इडाको कारण विद्धुत र संचार सेवा नै विच्छेद भएको थियो भने यसले भारी विधवंश मच्चाएको थियो ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...