Friday 20th March 2026

कुवेतले बढायो यात्री प्रवेशको संख्या


तीतोपाटी – कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय गर्दै परिवर्तन गरेको छ ।

निणर्यको शुरुमा ७५०० यात्रु लाई दैनिक प्रवेश खुल्ला गर्ने गरी विभिन्न देशलाई सीट संख्या का हिसावले कोटा सिस्टम सम्बन्धि सूचना जारी गरेको २४ घण्टा भित्रै उक्त कोटा संख्या बढाएको छ । शुरुमा भारतका लागि एक सातामा ७६० जना ले मात्र कुवेत प्रवेश गर्ने भनिएकोमा अब साता भरि नै विमान सेवा सञ्चालन हुने भएका छन तर एक सातामा ५५२८ जनाले मात्र प्रवेश पाउने छन जसअनुसार उक्त कोटा प्रणाली अनुसार आईतबर का दिन ६५६, सोमबार १११२, मंगलबार ६४८, बुधबार १०८८, विहिवार ६३८, शुक्रवार ७३८ र शनिवार ६४८ जनाले आउन पाउने गरी सीट संख्या खुलाईएको छ । भारतिय विमान सेवा सेप्टेम्बरको अन्त्य सम्म बन्द रहने भएका ले तोकिएको संख्याका यात्रुलाई कुवेत बेस कम्पनी कुवेत एयरवेज र अलजजिराले ओसार्ने भएका छन ।

साताको मात्र ७६० यात्रु आउन पाउने अघिल्लो निर्णय पछि भारतमा कुवेत आउनेको चाप बढनाले टिकटको मूल्य ७ सय देखि ९ सय केडी सम्म पुगेको बताईन्छ । यसैगरी ईजिप्टबाट कुवेतमा पनि साताभरी नै उडान हुने भएको छ । जसनुसार सातामा त्यहाँबाट कुवेतका लागि १० हजार ९ सय ३४ जना ले यात्रा गर्नेछन ।

नेपाल बाट कहिले देखि कुवेत का लागि यात्रा अनुमती खुल्ने हो भन्ने अझै टुंगो लागेको छैन । हालका दिनमा कुवेत आउनेहरुले तेश्रो देशमा ट्रान्जिट भएर आउदा ठुलो रकम खर्च गर्न परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...