Monday 30th March 2026

कुवेत आउनु पर्ने नेपालीका लागि कोटा खोई ?


तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा कुनै पनि विमान सेवाले माग नगरेको समाचारमा उल्लेख छ ।

कुवेतमा काम गर्ने नेपाली कामदार नेपालमा लामो समय देखि फसेका छन र घर विदामा जानेहरु पनि दोहरो उडान अनुमति पर्खिएर बसेका छन । रेडजोनमा परेका देशहरुलाई कुवेत सरकारले हरियो बत्ति बालिसक्दा पनि अहिलेसम्म कुने विमान कम्पनीले नेपालका लागि अनुमती माग गरेका छैनन । कुवेत बेस अल जजिरा एक मात्र विमान कम्पनीले नेपाल कुवेत सिधा उडान गर्दै आएकोमा हालसम्म उसले पनि नेपालको लागि नियमित रुपमा दोहरो उडान गर्ने सम्बन्धमा कुवेत सरकारसँग माग गरेको छैन ।

अब का १० दिन भित्रमा उडान गर्ने गरी कुवेत सरकारले तयारी गरेको भए पनि नेपालका लागि कहिलेबाट व्यवसायिक उडान शुरु हुने भन्ने कुरा अन्योलमा नै छ । कुवेतबाट नेपाल जानका लागि भने एयर अरेविया, कतार र अलजजिराले एकतर्फी उडान गर्दै आर्ईरहेका छन । प्रतिवन्धित देशहरु मध्ये ईजिप्ट कुवेतको उडान सुचारु भईसकेको छ भने भारतको तर्फबाट ३० सेप्टेम्बर सम्म लाई थुप्रै देशका लागि व्यवसायिक उडान रोक्ने निर्णय गरेको छ । कुवेत एयरवेजले भने भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा नियमित उडानका लागि एभिएसनसँग माग गरिसकेको छ ।

यसै बीच एक ताजा खबर अनुसार ईन्डियाका लागि कुवेतले कोटा तोकेको छ । त्यहाँबाट एक सातामा मात्र ७६० जनाले कुवेतका लागि यात्रा गर्न पाउनेछन । त्यसमध्ये आधा कुवेती विमानले र आधा ईन्डियन विमानले सीट पाउने भएका हुन । कुवेतले पाउने ३८० कोटामा कुवेत एयरवेज ले २३० सीट र अलजजिरा का लागि १५० सीट बाडि दिएको छ । भने ईन्डियन एभिएसन मार्फतका विमानले पनि ३८० सीट पाउने भएका छन । कुवेत ले दैनिक ५ हजारलाई प्रवेश दिने नीतिलाई परिमार्जन गरेर अहिले विश्वभर बाट गरी १० हजारलाई दैनिक प्रवेश दिने बताएको छ ।

कुवेतमा कोभिड को संक्रमण लगभग नियन्त्रण हुने स्थितीमा छ । हिजो मात्रको तथ्यांक लाई हेर्ने हो भने १२५ जना मात्र संक्रमित थपिएका छन । यो तथ्यांक यस बर्षकै कम्ती हो । कयौ अस्पतालमा संञ्चालित कोभिड वार्डहरु पनि बन्द गरिएका छन । एक समाचार अनुसार आउदो अक्टोवरको शुरुबाट कुवेतमा सवै कुरा सामान्य अवस्थामा पुग्ने विश्वास गर्दै कुवेत सरकारले फूटवल मैदानमा खेल हेर्न, विवाह समारोह गर्न र दिवानियामा हुने जमघट जस्ता कुराहरुलाइ पनि अनुमति दिने भएको छ ।

यसरी नै भारतीय कामदार कुवेतमा ल्याउने सम्बन्धमा पनि कुवेत र भारत बीच एउटा सहमती भएको छ । लामो समय देखि भारतले मजदुरको पारिश्रमिकको विषयलाई लिएर भिषा ईश्यु गरेको थिएन । हालैको सहमती अनुसार अब कम्तिमा ११० केडी दिन पर्ने उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...