हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन नेपालबाट टर्कीको स्तानाबुल हुँदै कुवेत पुगे पोखराका होमनाथ गिरी।
एनआरएनए कुवेतका निबर्तमान उपाध्यक्ष लगाएत कुवेतको बिभिन्न सामाजिक संस्थाहरुमा समेत हातेमालो गरिरहेका गिरी कुवेतबाट कोरोना महामारिकै बिच बुवाको मृत्यु भए पछी अन्त्येस्टीका लागि ६ महिना पहिले नेपाल आएका थिए।उनी बुवाको अन्त्येस्टी पछी यूएईमा १४ दिन क्वेरन्टाइन बसेर कुवेत जाने क्रममा कुवेत सरकारले एक्कासी कुवेतमा आप्रबासीहरुलाई रोके पछी यूएईबाट पुन: नेपाल फर्केका थिए। आँफै पीडित भएर पनि प्रबासी श्रमिकहरुलाई खोपको ब्यबस्था लगाएत खोप प्रमाण पत्रलाई QR कोड सहित प्रमाणीकरणका लागि बिभिन्न माध्यमबाट आवाज उठाइरहे गिरीले। उनी भन्छन”अहिले सम्म नेपालबाट कुवेतका लागि सिधा उडानको मिती तोकी सकिएको छैन,त्यसैले कुवेत तत्काल नगए रोजगारी गुम्ने वा तत्काल कुवेत जानु पर्ने नेपाली दाजुभाइ-दिदीबाहिनीहरुले निम्न अनुसारको प्रकृया अपनाएर ट्रान्जिट मार्फत कुवेत आउन सक्ने छन।”
हालको लागि टिकट दर बढी भए पनि टर्कीको स्तानाबुल हुँदै कुवेत आउँदा होमनाथ गिरिले अपनाएका प्रकृयाहरु निम्न अनुसार छन।
१)कुवेतमा अनुमोदित जोन्सन एन्ड जोन्सनको खोप लगाएर खोप कार्डलाई QR कोड सहित प्रमाणिकरण।
२)कुवेतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंक(https://l.facebook.com/l.php?u=https%3A%2F%2Fvaxcert.moh.gov.kw%2FSPCMS%2FPH%2FCVD_19_Vaccine_External_RegistrationModify.aspx%3Ffbclid%3DIwAR01hF0xxamIRuV7TZcY6TOYcMf8eHaOHLlhb2s_WKkiBFYX53DGLVbUeqw&h=AT3pqcxRJbmW–B0DTg0mrhz4TUR_i1cQ7uFkY29EGQPYLFpOqLvQ6p3D8EIf0Q7JtvNEZqBxeqTHo_1fbN9kowPE7hz8DJu0XsDyK9fcWq8iDOqolU3snTnr42ffY-zVHPs8g) मा गएर पूर्ण जानकारी सहित कोभिड भ्याक्सिन लगाएको लिस्टमा नाम रजिस्टर।नाम रजिस्टर गरेको ७ दिनमा कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेत आउन अनुमती दिएको(एप्रुभल) ईमेल प्राप्त।
३)ईमियून (https://play.google.com/store/apps/details?id=com.mohkuwait.immune&hl=en&gl=US ) मोबाइल एप्स अपडेट गर्दै एप्समा ग्रिन कलर सहित”भ्याक्सिनेटेट” स्टाटस प्राप्त।
४)कुवेत मोबाइल आइडी (https://play.google.com/store/apps/details?id=kw.gov.paci.PACIMobileID&hl=en_US&gl=US ) एप्स अपडेट।
५) उपलब्धताको आधारमा कुनै पनि एयरलाइन्स मार्फत साउदी अरब बाहेकका देशलाई ट्राजिट बनाउदै कुवेत जाने टिकट लिने।(गिरिले टर्किस एयर्लाइन्सबाट स्तानाबुलमा २२ घण्टा ट्रान्जिट हुँदै कुवेत जाने टिकट(१ लाख २८ हजारमा) लिएका थिए।
६)कोरोना परिक्षणका लागि स्वाब दिएको समय देखी कुवेत पुग्दा ७२ घण्टा नकट्ने गरी उडान अनुसारको कोरोना परिक्षणमा नेगेटिभ भएको पत्र । कुवेतको हकमा ह्याम्स हस्पिटल र स्टार हस्पिटलबाट कोभिड परिक्षण गरी QR कोड सहितको सर्टिफिकेट हुनु पर्ने।(गिरिले स्टार हस्पिटल सानेपामा पिसिआर चेक गराएका थिए।)
७)उडान अगाबै फ्लाइट डिटेल्स र पिसीआर रिपोर्ट सहित मुसाफिर (https://kuwaitmosafer.com/ ) मोबाइल एप्स अपडेट गर्नु पर्ने।
८) यात्राअबधीभर स्वास्थ्य मापदन्ड पालना पूर्ण पालना गर्नु पर्ने।
९) कुवेतको भिसा र श्रम स्विकृति भएकालाई नेपाल वा टर्की वा कुवेत कुनै पनि ठाउँमा NOC मागिएन।
१०)कुवेत पुगे पछी ७ दिन होम क्वेरन्टाइन बस्नु पर्ने तर कुवेत पुगेकै दिन पिसिआर गरी रिपोर्ट नेगेटिभ आए क्वेरन्टाइन बस्नु नपर्ने।