Wednesday 24th April 2024

किरण गजमेरलाई अनेसासको ट्रष्टी प्रदान


तीतोपाटी डटकम-समाचारदाता । अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गर्नु भएको हो । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रष्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउदै ट्रस्टीका सभापति गीता खत्रीले भन्नुभयो – किरणजस्ता कला, संगीत, गायनमा ख्याती प्राप्त युवाहरुलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।
यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली संगीतको सेवामा समर्पित किरणको सांगीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताउनु भयो ।

बिओटी उपसभापति पदम विश्वकर्माले किरणजस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्वमा फैल्याउन सहयोग पुग्ने बताउनु भयो ।अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताउनु भयो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...