Saturday 8th August 2026

किरण गजमेरलाई अनेसासको ट्रष्टी प्रदान


तीतोपाटी डटकम-समाचारदाता । अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गर्नु भएको हो । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रष्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउदै ट्रस्टीका सभापति गीता खत्रीले भन्नुभयो – किरणजस्ता कला, संगीत, गायनमा ख्याती प्राप्त युवाहरुलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।
यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली संगीतको सेवामा समर्पित किरणको सांगीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताउनु भयो ।

बिओटी उपसभापति पदम विश्वकर्माले किरणजस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्वमा फैल्याउन सहयोग पुग्ने बताउनु भयो ।अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताउनु भयो ।


सम्बन्धित शीर्षकहरु

चीनको आणविक ऊर्जामा ऐतिहासिक छलाङ: थोरियमलाई युरेनियममा परिणत गर्ने प्रयोगात्मक रियाक्टर सफल १. चीनले आणविक ऊर्जाको क्षेत्रमा विश्वको ध्यान खिच्ने…

हरेक दिन उसिनेको अण्डा खानु अधिकांश मानिसका लागि स्वस्थकर मानिन्छ। अण्डामा उच्च गुणस्तरको प्रोटिन, भिटामिन तथा खनिज तत्व प्रशस्त मात्रामा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिल टोड ब्लाञ्च अमेरिकी महान्यायाधिवक्ता (Attorney General) पदमा साँघुरो मतान्तरले पुष्टि भएका छन्। सिनेटमा…

प्रतिकृयाहरू
...