Thursday 22nd January 2026

काठमाण्डौ–श्रीलङ्का सिधा उडान आजदेखि सुरु हुँदै


तितोपाटी- श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एयरलाइन्सaले आजदेखि काठमाण्डौ श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्कन एअरको पहिलो उडानवाट आज एक सय चालिस जना यात्रु काठमाडौं आउदैछन । श्रीलंकाबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मंगलवार र शनिवार कोलम्बो–काठमाण्डौ कोलम्बो उडान गर्ने नागरिक उडडयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान संख्या थपघट गर्ने तयारी छ । श्रीलङ्कन एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको हो । अवस्था सामान्य भएपछि यसवाट पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । उडानवाट भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...