Saturday 21st March 2026

सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’


आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ ।

‘डुप्क्या फाणो’ बनाउन चाहिने सामग्रीः
मासको दाल १–२ किलोग्राम, तोरीको तेल ४० एमएल, गेडा जिरा १–२ चिया चम्चा, अदुवा ७ ग्राम, लसुन १२ ग्राम, सुकेको खुर्सानी ४ पिस, मरिच ६ पिस, बेसार १–२ चिया चम्चा, नून स्वाद अनुसार, पानी ७५० एमएल, हरियो धनियाँ १–२ मुठा, कागतीको रस या चुक अमिलो २ चिया चम्चा ।

‘डुप्क्या फाणो’ बनाउने तरिकाः
१ रात पहिला नै मासको दाललाई भिजाउने र बिहान मिचेर बोक्रा पखाल्ने । राम्ररी सफा हुनासाथ दाललाई सिलाउटो या ब्ल्यान्डरमा पिस्ने र आधा–आधा गरी २ भाग लगाउने । आधा भागमा पानी मिसाएर घोल्ने र एक साइड लगाउने । जिरा, धनियाँको गेडा, अदुवा, लसुन, सुकेको खुर्सानी, मरिच हालेर सिलाउटो या ब्ल्यान्डरमा मिस्ने । बाक्लो कराइमा तेल तताएर थोरै जिरा फुराएर काटेको प्याज हालेर ब्राउन बनाउने । पिसेको मसला, बेसार हालेर कम आचमा भुट्ने ।

पानी हालेर घोल बनाएको दालको प्युरी हालेर उमाल्ने र स्वाद अनुसार नून हालेर हल्का चलाउने । उम्लन थालेपछि अर्को आधा मासको पेस्टलाई हातको सहायताले मस्यौरा जसरी सानो–सानो थोप्ल (डम्लिङ्ग) बनाएर उम्लेको फाणोमा खसाल्ने । मासको पेस्टलाई उम्लेको फाणोमा हालेर बन्ने परिकारलाई नै डुप्का भनिन्छ ।

१० मिनटजति स्लो फायरमा पकाउनासाथ काटेको धनियाँ र अमिलो हालेर खाना या खाजासँग डुप्क्या फाणो पस्कन सकिन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...