Saturday 1st August 2026

खाडी मुलकबाट फर्केका सात युवा कृषिमा, महिनैपिच्छे बाँड्छन् जनही एक लाख


तितोपाटी- सुनसरीका साता जना युवाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका छन् । २०७४ सालदेखि उनीहरूले ‘टिम अफ ट्रष्ट बहुउद्देश्यीय कृषि प्रालि’ फार्ममार्फत माछा, बाख्रा, कुखुरा, फलफूल र तरकारी खेती गरिरहेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका-६ बकलौरीमा रहेकाे कृषि फार्ममा यूएई, कुवेत र कतारबाट फर्किएका गोकुलबहादुर थापा, लोकबहादुर तामाङ, ललितबहादुर निरौला, शेरबहादुर कार्की, डिल्लीराम गिरी, यमाकान्त गौतम र योगेन्द्रबहादुर कार्कीले तीन करोड लगानी गरेका छन् ।
विदेशमा जस्तै मेहनत यहाँ गर्ने हाे भने कृषि पेसाबाट महिनाकाे एक लाख रुपैयाँ कमाउन गाह्रो नहुने फार्मका सञ्चालक लोकबहादुर तामाङ बताउँछन् । ‘चार बिघा जग्गामा तीन करोड लगानी गरेका छाैँ । वार्षिक ४० लाखबराबरकाे काराेबार हुन थालेकाे छ’, उनले भने, ‘सबै खर्च कटाएर वार्षिक ११ लाखसम्म बचत हुन्छ ।’

उनीहरूको फार्ममा पाँच वटा पोखरी छ, जहाँ २० हजार माछाका भुरा छन् । फार्ममा ४० वटा जमुनापारी बाख्रा, ५ सय लोकल कुखुरा पालिएका छन् । फार्मभित्रैकाे जग्गामा धान, मकै, गहुँ, मेवा, केरा र तरकारी खेती गरिएकाे छ । माछा प्रतिकेजी ४ सयरुपैयाँ, कुखुरा ५ सय र खसी जिउँदाे प्रतिकेजी ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको तामाङले बताए ।
अर्का सञ्चालक शेरबहादुर कार्कीका अनुसार फार्ममा उत्पादित कृषि उपज विराटनगर, धरान, इटहरीलगायतका शहरमा बेच्ने गरिएकाे छ । फार्ममा अहिले अन्य पाँच जनाले रोजगारी पनि पाएका छन् ।

तामाङले भने, ‘विदेशबाट फर्केपछि किसान भइयो । अब परिवार पाल्ने आयस्रोतकाे माध्यम पनि यही हो । यसलाई निरन्तरता दिन्छौ
अहिले उनीहरूले ३२ लाख लगानी गरेर कोल्ड स्टोरसमेत निर्माण गरिरहेका छन् । यसका लागि सरकारसँग २३ लाख अनुदान लिने प्रक्रिया चलिरहेकाे छ । भविष्यमा फार्ममा तरकारी खेती र चौपाय बढाउँदै लैजाने योजना रहेको तामाङले बताए ।

‘तर वास्तविक कृषकलाई अनुदानभन्दा तालिम आवश्यक छ । आधुनिक प्रविधिमा किसानकाे पहुँच पनि सन्ताेषजनक छैन । यो विषयमा सरकारले ध्यान दिनुपर्छ’, उनले भने ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सहुयलित कर्जा दिने बताए पनि कार्यान्यवन पक्ष फितलाे हुँदा समस्या जस्ताकाे तस्तै रहेकाे तामाङ बताउँछन् ।सरकारले कृषि पेसामा लागेको कृषकलाई सहुयलित कर्जामार्फत बिनाधितो ऋण उपलब्ध गराउन बैंकहरूलाई निर्देशन दिएको छ । तर, बैंकले बिनाधितो ऋण दिन नमान्ने गरेको तामाङले बताए । यो समाचार रमेश भारतीले शिलापत्रमा लेखेका छन


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...