Monday 12th January 2026

कुवेतमा पर्बतकी पुतली परियारको मृत्‍यु,परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह


हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्‍यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्‍यु भएको हो।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने”परियारको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिन्छ।४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा रहेको देखिन्छ।उनको मृत्‍यु प्रमाण पत्र आईसकेको छैन ।”

पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृया लगाएतमा सहजिकरणका लागि नेपाली राजदूताबास कुवेतको हटलाइन नं- ००९६५-९८८६९१२१ मा संपर्क गर्न दूताबासले अनुरोध गरेको छ।
(फोटो गुगलबाट साभार गरिएको हो।)


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...